AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ माघ २०७७, शनिबार १२:३३
513
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगर १६ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा ६ का २८ वर्षीय आशिष मगर रहेका छन्। विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मगरलाई पक्राउ गरेको हो। पक्राउ पश्चात मगरलाई चेकजाँच गर्दा लुपिजेसिक ११ एम्पुल, डाईजापाम ११ एम्पुल, एभिल ११ एम्पुल, फेनारगन ११ एम्पुल र नाईट्राभेट ४५ ट्याब्लेट लागुऔषध फेला पारी बरामद गरिएको हो ।

लागुऔषधसहित पक्राउ परेका मगरलाई थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर