AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मुख्यमन्त्री शेरधन राई पोलिटिकल ब्ल्याकमेलमा सक्रिय भएको आङ्बोको आरोप

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ पुष २०७७, बिहीबार २०:४८
990
Shares
विराटनगर / प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई पोलिटिकल ब्ल्याकमेलमा सक्रिय भएको प्रदेश १ का पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आरोप लगाएका छन्  ।

प्रबुद्ध नागरिक समाजले विराटनगरमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै आङ्बोले  मुख्यमन्त्री रााईले पोलिटिकल ब्ल्याकमेलमा सक्रिय भएको आरोप लगाएका हुुुन् ।

नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद बढ्दै गएर आधारभूत रुपमा मुख्यमन्त्री राई र आफूबीच राजनीतिक मान्यताहरुमा फरक परेको अवस्थामा आफूलाई सरकारबाट हटाउनु र आफूहरुले अविश्वास प्रस्ताव पेश गर्नु स्वभाविक भएको आङ्बोले बताए। यो अवस्थामा अविश्वास प्रस्तावको सामना गर्दै राजनीतिक रुपमा अगाडि बढ्नुपर्नेमा हतास मानसिकतासाथ अराजनीतिक आरोप प्रत्यारोपमा मुख्यमन्त्री लागेको उनको आरोप छ ।

सरकार छोड्ने निश्चित भएकै बेला आफूलाई बर्खास्त गरेर मुख्यमन्त्रीले पोलिटिकल ब्ल्याकमेल गरेको उनले बताए । ‘मलाई नहटाएको भएपनि हामी सरकार छोड्ने तयारीमै थियौं,’ उनले भने ‘मुख्यमन्त्रीले मलाई हटाएपछि अरु मन्त्री डराएर उहाँलाई समर्थन गर्छन् कि भनेर ब्ल्याकमेल गर्नुभएको थियो । तर, उहाँको उद्देश्य सफल भएन ।’

मुख्यमन्त्रीसँगै मुलुभुत राजनीतिक विषयमा फरक भइसकेपछि सरकारमा आफूहरु नरहनु स्वभाविक भएको भन्दै आङ्बोले यतिको सामान्य राजनीतिक विषय पनि नबुझ्नु बचपना भएको टिप्पणी गरे । १९ जना सांसदहरुलाई असंवैधानिक ढंगले स्पष्टिकरण सोध्ने र १६ जनालाई निलम्बन गर्ने प्रचार औचित्यहिन रहेको भन्दै उनले सांसदलाई निलम्बन गर्ने अधिकार दलकै बहुमत गुमाएको व्यक्तिलाई नहुने स्पष्ट पारे ।

आङ्बोले आफू अल्पमतामा परेपछि प्रदेशसभा पनि विघटन गर्ने धम्की दिनुले प्रधानमन्त्री र मुख्यमन्त्रीको नियत छर्लङ्ग बनाएको बताए । ‘म मुख्यमन्त्रीको बारेमा कुनै टिप्पणी र आरोप लगाउन चाहन्न, मैले उहाँसँग ३४ महिना सँगै काम गरेको छु,’ उनले भने ‘तर, उहाँले केही दिनयता दिनुभएको प्रतिक्रिया अपरिपक्वमात्र छैन, अराजनीतिक, आधारहीन र बचपना पनि छ ।’

मुख्यमन्त्रीमाथि दर्ता भएको अविश्वासको प्रस्ताव सदनबाट टुंगिने भन्दै आङ्बोले सदनमै प्रतिवाद गर्न सुझाव समेत दिए । ‘संसदको विश्वास छैन भन्नेकुरा हामी सदनबाट पुष्टि गर्ने प्रयत्न गर्छौं,’ आङ्बोले भने ‘तपाईले पनि आफ्नो तयारी थाले हुन्छ, बाहिर रातोपिरो हुँदै दौडिन जरुरी छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर