खबर पूर्वाञ्चल


केन्द्रमा नेकपा विभाजित भएपछि त्यसको असर प्रदेश १ मा पनि परेको हो । प्रदेश १ मा केपी ओली पक्षका मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–माधव पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
अविश्वासको प्रस्ताव तयारीमा लागेको आरोपमा शनिबार साँझ मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोलाई मन्त्री पदबाट हटाएका थिए । मन्त्री आङबो यसअघि बादल समूहमा थिए । तर, प्रधानमन्त्री ओलीले संसद विघटन गरेर पार्टी विभाजन गरेपछि उनले बादलको साथ छाडेर प्रचण्ड–माधव समूहलाई साथ दिएका हुन् ।
झलनाथ खनाल निकट मानिएका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले कित्ता परिवर्तन गरेका छन् । उनले आफू ओली समूहमा लागेको बताए । ‘मन्त्रीज्यूहरुको राजीनामा आएछ,’ उनले भने ‘ मैल त पार्टी नै परिवर्तन गरेँ, राजीनामा दिन्न ।’ नेकपा विभाजन पछि आफू ओली समूहमा लागेको मगरले बताए ।