पूर्वाञ्चल खबर
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका मुख्यमन्त्री राई अल्पमतमा छन् । अल्पमतमा रहेका राई अविश्वास प्रस्ताव दर्ताको तयारी गरेकाे सूचना पाएपछि प्रचण्ड– नेपाल पक्षका मन्त्री आङ्बोलाई मन्त्री पदबाट हटाएका हुन् ।
नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारका मुख्यमन्त्री राईले मन्त्री आङ्बोलाई मन्त्री पदबाट हटाएका मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुब सुवेदीले बताए ।
आङ्बोलाई मन्त्री पदबाट हटाए पनि अन्य मन्त्री भने यथावत छन् । प्रदेशमा प्रचण्ड- माधव समूहका दुई मन्त्री र तीन राज्यमन्त्री छन् ।
९३ सदस्य रहेकाे प्रदेशसभामा नेकपाकाे ६७ जना सदस्य थिए । पार्टी विभाजनपछि ओली समूहमा २० र प्रचण्ड- माधव समूहमा ४७ जना सदस्य छन् । नेपाली काँग्रेसकाे २१ र अन्य साना तीन दलकाे पाँच सदस्य छन् ।
आङ्बो पूर्वमाओवादीका नेता पनि हुन् । उनी अहिले प्रचण्ड–नेपाल समूहमा रहेका छन् । मन्त्री आङ्बोले राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएको बताइएको छ । ‘एक दिन पर्खिएको भए आफैं राजिनामा दिने तयारीमा थिएँ,’ मन्त्री पदबाट पदमुक्त गरेको विषयमा प्रतिक्रिया दिँदै आङ्बोले भने, ‘जे भयो ठिकै भयो, अब प्रस्तावक समर्थक बन्न पाउने भएँ ।’ मुख्यमन्त्री राईविरुद्ध भोलीनै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरिएको उनले बताए ।