पूर्वाञ्चल खबर
नेपाल अपाङ्ग महिला संघ मोरङले मोरङको सुन्दरहरैचना नगरपालिका १२ मा आयोजना गरिएको अपाङ्गगता र समावेशी सञ्चारको विषयमा संचारकर्मीहरू आयोजना गरिएको कार्यशाला गोष्ठीमा सहभागिहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल अपाङ्ग महिला संघ १ नम्बर प्रदेशकी संयोजक भीमा खतिवडाले संचारकर्मीहरूले समाचार लेखन गर्दा अपाङ्गता मैत्री शब्द चयनमा ध्यान दिन आग्रह गरिन् । ‘अपाङ्गता भएका व्यक्तिहरूलाई बोलाउँदा र शब्द चयनमा ध्यान नदिदा बोलेको र लेखेको कुराले चोट पुग्न गरेको छ,’ उनले भनिन्, ‘बोलाई, गराइ र लेखाइमा अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान पूर्वक शब्द चयनमा ध्यान दिनुपर्दछ ।’
कार्यक्रममा नेपाल अपाङ्ग महिला संघ मोरङकी अध्यक्ष मीना आचार्यले अपाङ्गता भएका व्यक्तिहरूलाई व्यवसायि संचालन गर्दा राज्यले दुःख दिने गरेको गुनासो गरिन् । ‘मोरङमा धेरै अपाङ्गता हुनुभएको महिला, पुरूषहरूमा शिप हासिल गर्नुभएको छ । तर, उहाँहरूको जग्गा जमिन छैन,’ अध्यक्ष आचार्यले भनिनर, ‘यस्ता अपाङ्गता भएका व्यक्तिहरूको व्यवसाय दर्ता नभएर हैरानी पाउनुभएको छ ।’ आत्मनिर्भर बन्ने अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यले विशेष प्रथामकिता दिएर स्वरोजगरा बनाउनुपर्नेमा उनको भनाई थियो ।