विराटनगर, माघ २२/ सामान्यतय प्रहरीले नियन्त्रणमा लिएका व्यक्तीलाई मोवाइल प्रयोग गर्न दिइदैन ।तर शुक्रवार प्रहरीले पक्राउ गर्ने वितिकै केही व्यक्तीहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत फोटो सार्वजनिक गरे ।
प्रहरीको लाप्रवाहीका कारण सिके राउतका सार्थकहरुले प्रहरी हिरासतबाटै सामाजिक सञ्जाल फेसबुका सामुहिक तस्वीर पोष्ट गरेका थिए । जनकपूरबाट बिहिवार पक्राउ परेका सिके राउतको समर्थनमा शुक्रवार दिउँसो विराटनगरको महेन्द्र चोकमा निस्किएका राउतका ११ समर्थकलाई प्रहरीले पक्राउ गरेको थियो ।
शुक्रवार दिउँसो वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव उपरिक्षक सञ्जयसिंह थापाको नेतृत्वको टोलीले पक्राउ गरेका यूवाहरुले पक्राउ परेको केही क्षणपछि सामाजिक सञ्जालमा तस्वीरहरु अपलोड गर्न थालेका थिए ।
पक्राउ परेका मध्येका एक ‘हेप्पी स्काई श्याम’को फेसबुक एकाउण्टबाट तस्वीर अपलोड भएको थियो । आफुहरुलाई प्रहरीले गिरफ्तार गरेको भन्दै पक्राउ परेका ११ युवाहरुले पोज दिदै गरेको तस्वीर सामाजिक सञ्जालमा आएको थियो ।
पक्राउ परेको केही क्षणमै सामाजिक सञ्जालमा तस्वीरहरु पोष्ट हुन थालेपनि प्रहरीले खासै चासो दिएको थिएन । वडा प्रंहरी कार्यालय प्रमुख सञ्जयसिंह थापा हिरासतमा लिएकाहरुले तस्वीर खिच्न नपाउने बताउछन् ।
आफु अफिस बाहिर भएको बताउदै उनले सिके राउतका समर्थकले कसरी फोटो सार्वजनिक गरे बुझने बताए । उनले पक्राउ परेकालाई बेग्लै कोठामा राखिएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त प्रहरी नायव उपरिक्षक योगेन्द्रसिंह थापा सिके राउतका समर्थकलाई नियन्त्रणमा मात्र लिइएको जानकारी दिए ।
हिरासतमा राख्दा सम्पूर्ण प्रकृया पूरा गरेर राख्ने बताउदै उनले नियन्त्रणमा राखेका बेला तस्वीर खिचेको हुन सक्ने बताए । प्रहरीले सिके राउत समर्थकलाई शुक्रवार राती १० बजे छाडेको थियो