AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

क्विकरफुडले ल्यायो “डिल–इसिएस कर्निभल २०२१”

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ पुष २०७७, बिहीबार १७:११
216
Shares
विराटनगर/विराटनगरका स्थानियबीच भोकको सारथीको पहिचान बनाएको क्विकरफुडले क्रिसमस र न्यू इयर २०२१ लाई लक्षित गर्दै “डिल–इसिएस कर्निभल २०२१” अफर ल्याएको छ ।

विभिन्न अवसरमा आफ्नो ग्राहकहरुको लागि छुट र उपहारका अफर दिदैं आएको क्विकरफुडले २० डिसेम्बर २०२० देखि कर्निभलको छुट र उपहार योजना २ जनवरी २०२१ सम्मका लागि घोषणा गरेको हो ।

क्विकरफुडका निर्देशक दिवस दाहालका अनुसार यस कर्निभल अन्तर्गत एक भाग्यशाली ग्राहकले न्यूइयर केक र यो अवधीभरी नै अर्डर गर्ने ग्राहकलाई उपहार स्वरुप स्यानटा क्याप, चकलेट, कप जस्ता आकर्षक उपहार दिइनेछ । ग्राहकले तोकिएको अवधीमा प्रत्येक दिन विराटनगरका रेस्टुरेन्टहरुबाट १० प्रतिशत छुट र क्रिसमस ईभ, क्रिसमस, न्यू इयर ईभ, न्यू इयरका दिन १० रेस्टुरेन्टबाट १० प्रतिशत छुट पाउनेछन् । यो १० प्रतिशत छुट पाउनका निम्ति क्विकरफुडको एप्स, वेबसाइटबाट अर्डर गर्दा कुपन कोडको प्रयोग अनिवार्य गर्नु पर्ने हुन्छ ।

यस कार्निभल अन्तर्गत न्यू इयर इभसम्म अर्डर गर्ने २ जोडी लाई न्यूइयरको दिन ‘बर्कोड लाउन्ज र आमाज व्यक्यार्द’ बाट फ्री डिनर कुपन पाउनेछन्। त्यसैगरी सामाजिक सञ्जालमा लागातार मनोरञ्जनात्मक क्वीजहरुमा सहि उत्तर दिनेलाइ गोलाप्रथा मार्फत फुड कुपन दिने क्विकरफुडका म्यानेजर क्षितज गौतमले जानकारी दिए ।

कोरोना भाइरसको सन्त्रासले त्रसित जनजीवन बिस्तारै सहज परिस्थिति तिर लम्किदै छ, आफ्नो पुरानो दैनिकमा फर्किएका विराटनगरका स्थानियका लागि क्विकरफुडले ल्याएको यो कर्निभलले पक्कै पनि उत्साहित बनाउने छ, म्यानेन्जर गौतमले भने–तर आझै पनि महामारीको अवस्था खतरामुक्त भएको आमनागरिकले महसुश गरिसकेका छैनन् । क्विकरफुडका अर्का निर्देशक सरोज लम्साल कोरोना संक्रमणको जोखिममै रहेकाले सुरक्षाका साथ २०२१ लाई स्वागत गर्दै तातो मिठो खाना अर्डर गरि क्विकरफुडले ल्याएको डिल–इसिएस कर्र्निभल २०२१ को पूर्र्ण रुपमा मजा उठाउँन ग्राहकसँग अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर