AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

चुनाव नगराए एमालेले सरकार ढाल्ने -ओली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ माघ २०७३, शनिबार १५:०१
3
Shares
फाइल तस्वीर
बिराटनगर, माघ २२ / नेकपा एमालेका अध्यक्ष तथा पुर्व पूर्व प्रधानमन्त्रि केपी शर्मा ओलीले सरकारले चुनाव नगराए एमालेले सरकार ढालि दिने चेतावनी दिएका छन् ।
प्रचण्डको नेतृत्वमा रहेको सरकार चुनाव नगराउने षडयन्त्रमा लागेको भन्दै तत्काल चुनावको मिति घोषणा नगरे यो सरकार कुनै पनि समयमा अप्ठ्यारोमा पर्न सक्ने ओलीले चेतावनी दिएका हुन् ।
एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीले आज विहान बिराटनगरमा आयोजना गरेको पुरस्कार वितरण सम्मान कार्यक्रममा एमाले अध्यक्ष ओलीले भन–‘सरकार चुनाव नगराएर संवैधानिक र राजनीतिक संकट गराउन उद्धत हुँदैछ, हामी त्यो अवस्था आउनु भन्दा अगावै संकटबाट बच्ने उपाय गराएर छाड्छौं ।’
एमाले अध्यक्ष ओलीले स्पष्ट शब्दमा नबताए पनि सरकारले चुनाव टार्ने स्थिति आएमा एमालेले सरकार ढाल्ने र आफ्नो नेतृत्वमा चुनावको वातावरण बनाउने चेतावनी दिए ।
एमाले अध्यक्ष ओलीले कुनै पनि हालतमा एमाले चुनाव गराएरै छाड्ने दाबी गरे । उनले भने– ‘एमाले यो मुलुकमा निर्वाचन गराएरै छाड्छ, त्यो कुरा सरकारले बुझे हुन्थ्यो, बुझ्दैन भने हामी बुझाएर छाड्छौं ।’
नेकपा एमाले कुनै पनि कुराको इच्छा मात्रै गरेर बस्ने पार्टी होइन भन्दै एमाले गरेर देखाउने पार्टी भएको उनले बताए ।
एमाले अध्यक्ष ओलीले पहिले देश त्यसपछि मात्रै अरु विषय आउने भएकोले सञ्चार माध्यमहरुले पनि राष्ट्रियताको सवालमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले देश विकास अहिलेको आवश्यकता रहेको चर्चा गर्दै सानातिन समस्याले अत्तालिन नहुने बताउँदै भने,‘यो देश सबै जात, भाषा र धर्मको हो सबैले माया गरौं ।’ ओलीले कृषि र सेवाक्षेत्रमा रोजगारी सिर्जना गरिनु पर्ने पनि बताए ।
IMG_2571 copyकार्यक्रममा विराटनग।की पत्रकार शान्ति दाहाललाई १० हजार रुयैयाँ राशीको स्व.कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । जनार्दन पत्रकारिता पुरस्कारका संरक्षक र कृष्ण सिग्देल युवा पत्रकारिता पुरस्कारका संरक्षकलाई सम्मान गरियो । प्रेस चौतारीका संस्थापक यज्ञ शर्मा र दिपेन न्यौपानेलाई पनि सम्मान गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर