AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा थपिए ३७ जना कोरोना संक्रमित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ पुष २०७७, आईतवार १७:२३
288
Shares
विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा २ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा ३७ जना कोरोना संक्रमित थपिएका छन् भने ६० जना निको भएर घर फसर्कएका छन् ।

होमआईसोलेसनबाट ५४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ३, न्युरो अस्पतालबाट २ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ जना निको भएका हुन । हालसम्म निको हुनेको संख्या २५ हजार १ सय २० पुगेको छ ।

प्रदेश १ मा आज ३७ जना संक्रमित थपिएका मध्ये मोरङमा १६, इलाममा ७, झापामा ५, सुनसरी र संखुवासभामा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ८, पथरीशनिश्चरेमा ३, बुढीगंगामा २, सुनबर्षी, कटहरी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ७, झापाको दमकमा २, शिवसताक्षी, मेचीनगर र बुद्धशान्तिमा १–१, सुनसरीको ईटहरी र संखुवासभाको खाँदबारीमा २–२, ओखलढुङ्गाको चिशंखुगढीमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ३ सय ३२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर