AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बाल विवाह नियन्त्रणका लागि सुराकी परिचालन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ पुष २०७७, बुधबार १७:०६
288
Shares
विराटनगर / समुदायमा हुने बालविवाह नियन्त्रणका लागि रकम दिइ सुराकी परिचालन गरिएको सरोकारबालाहरुले बताएका छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको दीर्घकालिन पुनस्र्थापना गृह व्यवस्था समिति र साझा सवालका लागि साझा मञ्च कोकनद्वारा संयुक्त रुपमा आज विराटनगरमा आयोजित ‘लैङ्गिक हिंसा, बाल संरक्षण र पुनस्र्थापनामा सरोकारबालाको भूमिका’ विषयक अन्तर सम्वाद कार्यक्रममा उनीहरुले बालविवाह अन्त्य गर्न विवाह पूर्व अभिभावकलाई, महिला हिंसा अन्त्यका पीडितलाई होइन पीडकलाई सचेतना जागृत कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

सरोकारवालाहरुले करणीको मुद्दामा स्वास्थ्य जाँचका लागि आउने बालिकका लागि अस्पतालमा महिला चिकित्सकको व्यवस्था हुनुपर्ने र प्रहरीले नम्र व्यवहार गर्नु आावश्यक्ता रहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै सामाजिक विकासमन्त्री जीवन घिमिरेले सडक मानव अन्त्यका लागि आगामी पुस आठ गतेदेखि झापाको काँकरभिट्टा , सुनसरीको धरानदेखि विराटनगरसम्मको राजमार्गमा रहेका सडक मानव उद्धार कार्य शुरु गर्ने जानकारी दिए ।

उनले प्रदेश सरकारले महिला र बालवालिका हिंसा एंव उद्धार कार्यलाई उच्च प्राथमिकतामा राखेको बताउँदै हिंसाका कारण सडकमा वस्नु परेका मानवका लागि दुई बटा आश्रम स्थल सञ्चालन गरेको र त्यसमा १ सय जना वसोवास गरिरहेका बताए ।

सामाजिक राज्यमन्त्री जसमाया जगमेरले प्रदेशलाई चाँडै ‘सडक मानव मुक्त’ प्रदेश घोषणा गर्ने जानकारी दिदै महिला हिंसा पीडित निवारण कोषको लागि १ सय ३७ पालिकाको लागि १ करोड ३७ लाख बजेटको व्यवस्था गरेकोमा आगामी दिनमा थप गर्ने आश्वासन व्यक्त गरिन् ।

वर्जु गाउँपालिका उप–प्रमुख संगीता राय,हरिनगर गाउँपालिका उपप्रमुख रिमझिम भगत, गढी गाउँपालिका उपप्रमुख राजकुमारी चौधरी र रामधुनी नगरपालिकाका उपप्रमुख सविना चौधरीले एकल महिलालाई स्वरोजगारका लागि वीउ पूँजीको व्यवस्था गरेको,बाल विवाह र महिला हिंसा अन्त्यका लागि धार्मिक गुरु, सञ्चारकर्मी एवं विद्यालयमा अध्ययन गर्ने छात्रालाई सचेतना अभियान सञ्चालन गरेको बताए ।

उनीहरुले सामाजिक सञ्चाल फेस वुकको कारण सानो उमेरमा युवतीहरु प्रेम विवाह गर्ने गरेकोले यसलाई अनुगमन एवं नियन्त्रण गर्नुपर्ने, युवतीको विवाह उमेर १८ वर्ष कार्य गर्नुपर्ने , दुई छोरीहुने परिवारलाई भ्रुण हत्या रोक्न पालनपोशणमा आर्थिक सहयोग उपलव्ध गराउन सुझाव दिए ।

गृह व्यवस्थापन समितिका अध्यक्ष खड्गवहादुर वस्नेत, इन्सेकका सोमराज थापा, मानवअधिकार आयोग प्रदेशका गीता दाहाल, कोकनका हेमन्तराज पौडेल, मानव अधिकार कर्मी कोषराज न्यौपाने, यज्ञशर्मा, विष्णु शर्मा, खिलानाथ निरौला , सरस्वती दर्नाल र सञ्चारकर्मी गणेश लम्सालले हिँसा पीडित महिला उद्धार कार्यमा स्थानीय निकाय मौन रहेको र बालविवाहका सम्वन्धमा समाज सम्वेदनशिल हुन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर