AArya
RUMPUM
animated ellipse animated ellipse

तीन करोड ५० लाखको लागतमा ग्रामथानमा वन्ने मानव सेवा आश्रमको शिलन्यास

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ मंसिर २०७७, सोमबार २०:०३
1.09k
Shares
विराटनगर / प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मोरङको ग्रामथानमा वन्ने मानव सेवा आश्रम, जेष्ठनागरिक ग्राम प्रदेशको गौरवशाली आयोजना भएको बताएका छन् ।

मोरङका ग्रामथान गाउँपालिका वडा नं ६ र ७ मा ७२ बटा घर तीन करोड ५० लाखको लागतमा १० विगाहा १४ कठ्ठामा निर्माण गरिने मानव आश्रम , जेष्ठ नागरिक ग्राम र बालबालिक ज्ञान केन्द्रको आज शिलन्यास गर्दै उनले सो कुरा बताएका हुन् ।
मन्त्री घिमिरे यस परियोजनाको निर्माणबाट यस क्षेत्रका मुहार फेरिनुका साथै विकास निर्माणले गति लिने दावी गरे । उनले क्षेत्रका वसोवास गर्ने सुकुम्वासीलाई उचित व्यवस्थापन गर्ने विश्वास दिलाउँदै प्रदेशका अन्य क्षेत्रका सुकुम्वासीहरुलाई वसोबासको लागि घर उपलव्ध गराएकाले उनीहरुको यथोचित प्रवन्धक गर्ने सम्पूर्ण जिम्मा जनप्रतिनिधिहरुले आश्वासन दिए ।

मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले हामी सवैले बेसहारालाई सेवा गर्नुपर्नेमा जोड दिदै निर्माण हुने स्थल समाजसेवा सहित पर्यटकहरुको आकर्षणलाई ध्यान दिइ निर्माण गरिने जानकारी दिए ।

आश्रमको विस्तृत निर्माण परियोजना निर्माणकर्ता इन्जिनियर एवं पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले ७० प्रतिशत रकम स्थानीय निर्माण सामाग्री तथा रोजगारलाई खर्च गर्नका लागि प्राथमिक दिई थारु संस्कृति झल्कने गरी आश्रमको निर्माण गरिने बताइन् ।

सामाजिक अभियन्ता रमेश प्रसाईले निर्माण हुने ग्राम हामीसवैको भएकोले यस पुण्य कार्यमा सवैको साथ र सहयोग गर्न आग्रह गरे । प्रदेश सरकारले आश्रम निर्माणका लागि चालु आर्थिक वर्षमा तीन करोड ५० लाख रकम विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर