पूर्वाञ्चल खबर
सुदापको च्यात्लुङमा प्रगती कृषि समुहले सिंचाईको लागी निर्माण गरेको प्लास्टिकको पोखरीमा पौडी खेल्न गएका स्थानीय ईन्द्रबहादुर लिम्बुका दुई छोरी ७ बर्षीया रन्जना र ५ बर्षीया रोजनी तथा देवेन्द्र लिम्बुको ८ बर्षीया छोरी सुहाना लिम्बु उक्त पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
शनिवार साँझ साँढे ६ बजे उक्त पोखरीमा बालिकाकाहरु डुबेर मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको तथा शव परिक्षणको लागी जिल्ला अस्पताल तेह्रथुम पठाएको तेह्रथुम प्रहरीले जनाएको छ ।