RUMPUM
animated ellipse animated ellipse

सञ्चारकर्मी सहित ७ जना सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ माघ २०७३, शुक्रबार २०:५२
3
Shares
पथरी, माघ २१ / पूर्वीमोरङमा क्रियाशिल पत्रकारहरूको साझा संस्था सञ्चार क्लब नेपालको १३ औं वार्षिक साधारणसभामा ७ जनालाई सम्मान गरेको छ । शुक्रबार क्लबको सभाहलमा सम्पन्न साधारणसभाले तीन सञ्चार उद्यमी र पाँच पत्रकारहरूलाई सम्मान गरेको हो ।
ब्लाष्ट दैनिकमा आवद्ध भएर कानेपोखरी–पथरी क्षेत्रमा पत्रकारीता क्षेत्रको विकासमा पुर्याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै पथरी संवाददाता दिनेश सुब्बालाई नगद ५ हजार सहित सम्मान गरेको छ ।सुब्बालाई लिला–गोमा आचार्यस्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो ।
त्यसैगरी लिला–गोमा आचार्यस्मृति पत्रकारिता पुरस्कारबाट नगद ५ हजार सहित राससकर्मी उर्लाबारीका सुमन घिमिरे पनि सम्मानित भएका छन् ।
त्यसैगरी दाताराम–पद्मावति खतिवडा स्मृति पुरस्कारबाट कान्तिपुरकर्मी अर्जुन राजवंशी र हिमशिखर टेलिभिजनकर्मी लक्ष्मी नेपाललाई नगद ५ हजार रूपैयाँसहित सम्मान गरिएको छ ।
सोहि अवसरमा उर्लाबारीमा व्यवसायिक पत्रकारिताका लागि मिडिया हाउसको स्थापना गर्ने निगरानी मिडिया हाउसका अध्यक्ष खड्गबहादुर फागो, रेडियो इन्द्रेणीका अध्यक्ष भोलामान श्रेष्ठ, राष्ट्रिय समाचारपत्र दैनिकका प्रकाशक गंगाप्रसाद बास्तोला र पूर्वी मोरङमा लामो समयदेखि पत्रकारिता गर्दै आएका अग्रज पत्रकार दुर्गाप्रसाद भट्टराईलाई सम्मान गरिएको थियो ।
साधारणसभाको अवसरमा इलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख एवं उपसचिव पुरूषोत्तम घिमिरे, उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत सुरेन्द्र थापामगर, सम्मानित व्यक्तित्व तथा नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ९ का सभापति खड्गबहादुर फागो, नेकपा एमाले मोरङ क्षेत्र नं. ९ अध्यक्ष गंगाप्रसाद बास्तोला लगायत उर्लाबारीका राजनीतिक दलका प्रमुखका साथै नेपाल पत्रकार महासंघ पूर्वाञ्चल संयोजक गणेश पोखरेल, नेपाल पत्रकार महासंघ मोरङ शाखा उपाध्यक्ष बन्धु पोखरेल, प्रेस चौतारी नेपालका लेखा समिति अध्यक्ष बिक्रम लुइँटेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
क्लबका अध्यक्ष घनश्याम भण्डारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा महासंघ पूर्वाञ्चल संयोजक पोखरेलको प्रमुख आतित्थ तथा इलाका प्रशासन कार्यालयका प्रमुख घिमिरेको विशिष्ट आतित्थयतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर