AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बाल संरक्षणका लागि ५ दिने तालिम सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ मंसिर २०७७, सोमबार १९:१६
261
Shares
सुनसरी / सुनसरीको बराहक्षेत्रमा बाल संरक्षणका लागि ५ दिने ‘स्टिक्स एण्ड स्टोन’ तालिम सम्पन्न भएको छ ।

साझा सवालका लागि साझा मञ्च(कोकन)को आयोजना, प्लान इन्टरनेशनल नेपालको सहकार्य तथा बराहक्षेत्र नगरपालिका शिक्षा शाखाको समन्वयमा मंसिर १७ देखि २१ गते सम्म सञ्चालित तालिममा हिंसा र दुव्र्यवहारबाट आफ्नो संरक्षण आफै गर्न बालबालिकाको सहभागितालाई प्रवद्र्धन गर्ने तथा बालबालिकासँग नजिकमा रहि काम गर्ने शिक्षहरुको बाल संरक्षणका लागि क्षमता अभिबृद्धि गर्ने र विद्यालयको वार्षिक योजना निर्माण गरी कार्यान्वयन गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको कोकनका अध्यक्ष मञ्जीता उपाध्यायले बताए ।

तालिममा बराहक्षेत्र नगरपालिकाको ८ वटा माध्यमिक विद्यालयका १६ जना शिक्षकहरु, कोकनका कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण प्लान इन्टरनेशनल नेपाल कार्यक्रम प्रबन्धक लक्ष्मी पाठक, सामाजिक व्यवहार तथा सञ्चार विशेषज्ञ अनिश राज श्रेष्ठ, साझा सवालका लागि साझा मञ्च(कोकन) कार्यक्रम संयोजक हेमन्तराज पौडेल, कार्यक्रम अधिकृत दयालाल चौधरीले गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर