AArya
RUMPUM
animated ellipse animated ellipse

माउन्ट मकालु २५ औं बर्षमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ माघ २०७३, शुक्रबार २०:२८
3
Shares
रबिन्द्र बराल
रंगेली, माघ २१ /मोरङको रंगेलीमा रहेकोे माउन्ट मकालु अंग्रेजी आवसिय बिधालयले आफ्नो २५ औं रजत जयन्ती मनाएको छ ।
आज शुक्रबार स्कूलको प्राङ्गमा शेक्रबार विभिन्न कार्यक्रम गरी मनाएको हो । वार्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्य, नाटकलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालय मोरङका प्रमुख देवेन्द्रराज खनाल, प्याब्सनका केन्द्रीय सह कोषाध्यक्ष डाक्टर उद्धब पोख्रेल,प्याब्सनका केन्द्रीय सदस्य राजेश दास,प्याब्सन मोरङ अध्यक्ष बासुदेव न्यौपाने,प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष सुनिल पौडेल र अभिभावक संघ मोरङका अध्यक्ष देवि पन्थिलगायत मन्तब्य ब्यक्त गरेका थिए ।
सोहि अवसरमा समाज सेवि मङगलचन्द अग्रवाल , शिक्षा प्रेमि सुरेश मिश्रा र स्कूलकी शिक्षिका विना सुब्बालाई सम्मन गरिएको थियो । स्कूलका प्रिन्सिपल भक्तराज सुब्बाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर