AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा धान उत्पादन उत्साहजनक, १३ लाख ११ हजार २ सय ४५ मेट्रिकटन धान उत्पादन हुने अनुमान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ मंसिर २०७७, बिहीबार ०७:४८
270
Shares
फाइल फोटो
विराटनगर / प्रदेश १ मा यसवर्ष धानको उत्पादनमा वृद्धि भएकाले किसान उत्साहित भएका छन् । समग्रमा धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ९४ प्रतिशत मेट्रिकटन रहेको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ ।

प्रदेशमा कुल धान लगाउने क्षेत्रफल तीन लाख ४० हजार ८ सय २९ हेक्टर जग्गा हो भने यसवर्ष अनुकुल मौसम, सिँचाईको राम्रो प्रबन्धले गर्दा विगत केही वर्षको तुलनामा यसवर्ष किसानहरुले तीन लाख ३२ हजार ९१७ हेक्टर जग्गामा धान लगाएका थिए ।

निर्देशनालयका अनुसार यसवर्ष ९७ दशमलव ६८ प्रतिशत रोपाँई भएको थियो भने उत्पादन १३ लाख ११ हजार २ सय ४५ मेट्रिकटन धान उत्पादन हुने निर्देशनालयका प्रवक्ता सरसस्वती श्रेष्ठले जानकारी दिइन् । धानको उत्पादन हेरेर किसान उत्साहित छन् भने उचित मूल्य निर्धारण नभएका कारण किसानमा निराशा पनि देखिएको प्रवक्ता श्रेष्ठको भनाई छ ।

चौध जिल्ला रहेको यस प्रदेशमा उच्च पहाडी जिल्ला ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बु गरी २४ हजार १ सय १३ हेक्टर जग्गामा २३ हजार ६ सय ७७ हेक्टर जग्गामा रोपाँई भइ कुल ६० हजार ७ सय १४ मेट्रिकटन धान उत्पादन भएको छ । यस्तै, मध्य पहाडी जिल्ला पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङ गरी ९० हजार ९ सय १६ हेक्टर जग्गामा ८८ हजार ७९० हेक्टर जग्गामा रोपाँई भई कुल दुई लाख ५५ हजार मेट्रिकटन धान उत्पादन भएको छ । साथै तराईका झापा, सुनसरी, मोरङ गरी दुई लाख २५ हजार ८०० हेक्टर जग्गामा दुई लाख २० हजार ४ सय ५१ हेक्टर जग्गामा धान रोपाँई भई कुल नौ लाख ९५ हजार ३७७ मेट्रिकटन धान उत्पादन भएको प्रवक्ता श्रेष्ठले जानकारी दिइन् ।

निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७५÷७६मा कुल १२ लाख ६१ हजार ६ सय ६५ र आर्थिक वर्ष २०७६÷७७ मा ११ लाख ९८ हजार ७ सय ४० मेट्रिकटन धान फलेको यो प्रदेशमा यो वर्ष सबै भन्दा बढी १३ लाख ११ हजार २ सय ४५ मेट्रिकटन धान उत्पादन हुनु कृषि क्षेत्रमा राम्रो सूचकको रुपमा लिन सकिन्छ ।

यस वर्ष मनसुन प्रभाव राम्रो रहेको कारण धान उत्पादन राम्रो रह्यो तर अगामी वर्षहरुमा मनसुनको अनुकुलता नभएमा निश्चित रुपमा रोपाँई कम हुने भएको यसतर्फ सरकारले सिँचाईमा विशेष ध्यान दिनुपर्छ ।

सुनसरी मोरङ सिँचाई योजनाले सुनसरी र मोरङको ४० हजार हेक्टर जग्गामा सिँचाई सुविधा पु¥याएको छ जबकी सुनसरी र मोरङमा क्रमशः ५५ हजार र मोरङमा ५३ हजार ९०० हेक्टर जग्गाा खेती योग्य छ । सिँचाईको प्रबन्धको हिसाब हेर्ने हो भने यी दुबै जिल्लाको एक लाख आठ हजार ९०० हेक्टर जग्गामा मध्ये ४० हजार हेक्टरमा मात्र सिँचाई सुविधा हुनु र बाँकी जग्गा बर्षा एवं कुलो पैनीमा मात्र निर्भर रहने कारणले कृषि क्षेत्रको विकास हुन नसक्ने सुनसरी औराबनीका कृषक रामप्रसाद यादवले बताए । उनले सबै खेती योग्य जग्गामा बाह्रै महिना सिँचाई सुविधा पु¥याउन सिँचाईको विस्तार गर्नुको विकल्प नरहेकने जानकारी दिए ।

यस्तै, झापाको आठ हजार हेक्टर जग्गामा कन्काई सिँचाई योजना र बाहुण्डाँगी क्षेत्रमा एक हजार ७ सय हेक्टर जग्गामा सिँचाई पु¥याउन बनाईएको सिद्धी सिँचाईले झापाको ८७ हजार ५ सय हेक्टर जग्गालाई समेट्न सक्दैन् । यसका लागि सरकारले झापाकै सबै खेती योग्य जग्गामा सिँचाई सुविधा पु¥याउन विलम गर्न नहुने झापा भद्रपुर निवासी प्राध्यापक चिन्तामणि दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर