AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

झापामा १ सय २५ सहित प्रदेश १ मा थपिए ३ सय ६२ कोरोना संक्रमित , संक्रमितको संख्या २६ हजार नजिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ मंसिर २०७७, मंगलवार १६:०९
504
Shares
विराटनगर /झापामा १ सय २५ सहित  प्रदेश १ मा आज ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै प्रदेश १ मा संक्रमितको संख्या २५ हजार ८ सय ८० पुगेको छ ।

झापाबाहेक सुनसरीमा १ सय १४, मोरङमा ८५, इलाममा ११ , संखुवासभामा ३, पाँचथर, ते¥हथुम र उदयपुरमा २–२, धनकुटा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको गौरादह, विर्तामोड र दमकमा २६–२६, कनकाईमा ९, बुद्धशान्तिमा ७, अर्जुनधारामा ६, शिवसताक्षी र भद्रपुरमा ५–५, कचनकवल र मेचीनगरमा ४–४, हल्दिबारी र कमल गाउँपालिकामा २, बा¥हदशीमा १ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इटहरी र धरानमा ४९–४९, इनरुवा र बराहक्षेत्रमा ४–४, दुहवीमा ३, रामधुनी, बर्जु, देवानगञ्ज, कोशी गाउँपालिका र स्थानीय तह नखुलेकामा १–१, मोरङको विराटनगरमा ५१, सुन्दरहरैचामा ९, पथरीशनिश्चरेमा ६, बेलबारीमा ५, बुढीगंगामा ३ , सुनबर्षी, रतुवामाई र उर्लाबारीमा २–२, धनपालथान, कटहरी, रंगेली, जहदा र लेटाङमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता इलामको माईजोगमाईमा ५, चुलाचुलीमा ३, इलाम नगरपालिकामा २ र सुर्योदयमा १, संखुवासभाको खाँदबारी, सभापोखरी र धर्मदेवीमा १–१, पाँचथरको हिलिहाङ र मिक्लाजुङमा १–१, ते¥हथुमको छथर र म्याङलुङमा १–१, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १–१, धनकुटामा १, भोजपुरको अरुणमा १, खोटाङमा १ र प्रदेश १ बाहिरका १५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १ सय ६१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १ सय ५६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३, विराट मेडिकल कलेज र न्युरो अस्पतालबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार १५१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर