AArya
RUMPUM
animated ellipse animated ellipse

कोरोना भाइरसका कारण पूर्व गाविस अध्यक्ष राईको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ मंसिर २०७७, मंगलवार १२:५०
801
Shares
पथरी / कोरोना भाइरसका कारण मोरङको पथरी गाउँविकास समितिका पहिलो अध्यक्ष तिलक वान्तवा राईको निधन भएको छ ।

मोरङको बूढीगंगास्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा ६६ वर्षीय राईको आज विहान मृत्यु भएको हो । राई २०४९ सालको स्थानीय निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट पथरी गाविस अध्यक्षमा निर्वाचित भएका थिए ।

पथरीशनिश्चरे १ पथरी बजार निवासी उनलाई कार्तिक २१ गते कोरोना पोजेटिभ देखिएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरिएको थियो । स्वास्थ्यमा केही सुधार भएपछि अस्पतालबाट घर आएर आराम गरिरहेको अवस्थामा पुनः स्वास्थ्य समस्या देखिएको थियो । त्यसपछि विराट मेडिकल कलेजमा ५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको अवस्थामा निधन भएको उनका छोरा दीपक राईले जनाए । राईका १ श्रीमती, ४ छोरी र २ छोरा छन् । जसमध्ये दीपक राई फुटबलका राष्ट्यि खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर