AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जुवातास खेल्दै समाजमा विकृति फैलाउने १६ जना जुवाडे मोरङको रतुवामाईमा पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ मंसिर २०७७, शनिबार १७:४८
1.31k
Shares
विराटनगर / मोरङको रतुवामाई नगरपालिका ८ बाट जुवातास खेल्दै समाजमा विकृति फैलाउने १६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय सागर गड्तौलाको घरमा जुवा तास खेलिरहेको भन्ने सूचनाका आधारमा मोरङ प्रहरीबाट खटिएको टोलीले शुक्रवार राती साँढे ११ बजे उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा रतुवामाई नगरपालिका–७ सिजुवा बजारका ४७ वर्षे डिल्लीराम चौलागाई, ३५ वर्षे मोती पौडेल, ४३ वर्षे रामनाथ मैनाली, ४१ वर्षे देवीप्रसाद पौडेल, ३७ वर्षे रामनाथ नेपाल, ४५ वर्षे हेमलाल प्रसाई र ४० वर्षे नारायण चुडाल रहेका छन् ।

त्यस्तै ४४ वर्षे सन्तबहादुर राई, ३५ वर्षे सागर गड्तौला, ४५ वर्षे दिपक ढुंगाना, ४५ वर्षे योगराज घिमिरे, ३८ वर्षे अशोक भट्टराई, ३९ वर्षे राजन हस्ता मगर,, ४५ वर्षे गोपी पराजुली, ३६ वर्षे रविन पोखरेल र २२ वर्षे गणेश श्रेष्ठ पक्राउ परेको प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथमा १ लाख ६९ हजार ६ सय ९५ रुपैयाँ नगदसहित दुई वटा कार र १९ वटा मोटरसाइकल पनि बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता राईले जानकारी दिए । विभिन्न ठाउँबाट आएका मानिसहरु भेला भएर जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले गड्तौलाको घर घेराहाली उनीहरुलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले १६ जनालाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीले एक बुक तास र १६ थान कौडा बरामद गरेको छ भने विभिन्न कम्पनीका १७ थान मोवाइल, को १ च ७३३८ नम्बरका टाटाको कार र बा १४ च २७०३ हुण्डाई कार नियन्त्रणमा लिएको छ ।

प्रहरीले मे ८ प ८६७, प्रदेश नं. ०१–०१२ प, को २५ प ९८७६, बा ८० प ३८९९, बा ४५ प ४३४, को २७ प ७३१, मे ८ प ९५९९, प्रदेश नं. ०१–०२०४१ प ६२२८, मे ३ प ६६२, को ३१ प ७७७६ नम्बरको मोटरसाइकल बरामद गरेको छ । यस्तै मे ११ प १२६६, को ११ प १३२, मे ५ प ५३६४, मे ६ प, को ११ प ७७०३, मे ८ प २६३१, मे ११ प ९४८०, मे ६ प ६८९७ र मे ७ प ४९१ नम्बरको मोटरसाइकल पनि बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर