AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा ४ सय ४१ कोरोना संक्रमित घर फर्किन्दा, थपिए ३ सय ६८ संक्रमित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ कार्तिक २०७७, बुधबार १८:०३
522
Shares
विराटनगर / प्रदेश १ मा आज ४ सय ४१ कोरोना संक्रमित निको भएर घर फर्किन्दा ३ सय ६८ जना नयाँ संक्रमित थपिएका छन् । होमआईसोलेसनबाट ४ सय ३५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ६ जनासंक्रमित निको भएर घर फर्किएका हुन । हालसम्म निको भएर घर फर्किने संख्या १५ हजार ७ सय ५६ पुगेको छ ।

प्रदेश १ मा आजै ३ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ४८, सुनसरीमा ९८, झापामा ५७, पाँचथरमा २०, उदयपुरमा १०, संखुवासभामा ७, ताप्लेजुङ र इलाममा ४–४, भोजपुरमा ३, सोलुखुम्वु, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेका छन् ।

मोरङकोको विराटनगरमा ८०, सुन्दरहरैचामा १२, बुढीगंगामा ९, बेलबारी र रतुवामाईमा ८–८, रंगेली र ग्रामथानमा ५–५, उर्लाबारीमा ४, पथरीशनिश्चरे र लेटाङमा ३–३, कानेपोखरी र कटहरीमा २–२, केराबारी, मिक्लाजुङ, धनपालथान, जहदा र सुनबर्षीमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको इटहरीमा ४३, धरानमा २८, रामधुनीमा १०, इनरुवामा ७, दुहवीमा ५, बराहक्षेत्रमा ३, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा २४, भद्रपुरमा १०, विर्तामोड र मेचीनगरमा ५–५, कमल गाउँपालिकामा ४, अर्जुनधारामा २, कनकाई, गौरादह, शिवसताक्षी, हल्दिबारी र बुद्धशान्तिमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता पाँचथरको फिदिममा २०, उदयपुरको त्रियुगामा ४, चौदण्डीगढी, उदयपुरगढी र स्थानीय तह नखुलेका २–२, संखुवासभाको खाँदबारीमा ७, ताप्लेजुङको फुङलिङमा ४, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र स्थानीय तह नखुलेका १–१, भोजपुरको षडानन्द, पौवादुङ्मा र स्थानीय तह नखुलेका १–१, सोलुखुम्वमा १, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा १ , धनकुटाको पाख्रीबास र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर