पूर्वाञ्चल खबर
पक्राउ पर्नेहरुमा इटहरी उप–महानगरपालिका–११ का २५ बर्षीय प्यारचन्द चौधरी, २३ बर्षीय गणेश चौधरी र किराना पसल सञ्चालक ताहिर मियाँ रहेका छन् ।
मियाँको किराना पसलबाट प्रतिबन्धित बिष्फोटक पदार्थ पटकाहरु भण्डारण, ओसार–पसार तथा बिक्रि वितरण भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा आज दिउँसो ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ३३ बण्डल विभिन्न किसिमका पटका बरामद गरेको हो ।
पटकासहित पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीमा राखी कानुनी कारवाही अगाडी बढाईएको सुनसरी प्रहरीले जनाएको छ ।
यसैगरी झापाको अर्जुनधारा र नकलबन्दो एरियाबाट ६ लाख ५० हजार बराबरको पटका बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आजै दिउँसो उक्त मुल्य बराबरको पटका बरामद गरेको हो । बरामद भएको पटकाहरु आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय झापामा राखिएको झापा प्रहरीले जनाएको छ ।