पूर्वाञ्चल खबर

अन्य राजनैतिक दलका व्यक्तित्व, जिम्मेवार पदाधिकारी, सामाजिक अभियान्ता, बुद्धिजिविहरुलाई पनि भेटेर ध्यानाकर्षण गराउने संघर्ष समितिका संयोजक गोविन्द गडेरीले बताए ।
ध्यानाकर्षणका क्रममा स्काउट भित्र राजनितिकरण हुनु दुखद भएको भन्दै स्काउट सुदृढीकरणका लागी खबरदारी गर्ने प्रतिवद्धता समेत जनाएका थिए । केहि दिनअघि मात्र स्काउटरहरुको भेलाले मोरङ स्काउटका पूर्व जिल्ला संगठन आयुक्त गडेरीको संयोजकत्वमा संघर्ष समिति गठन गरेको थियो । स्काउटमा देखिएको व्यक्तिवाद तथा राजनीतिकरणको विरोधमा संघर्ष समिति गठन गरिएको जनाइएको छ ।
जिल्ला स्काउट खारेज गर्दै प्रदेशस्तरीय तदर्थ समिति गठन भएपछि असन्तुष्टि जनाउँदै देशभर स्काउटरहरु आन्दोलित भएका छन् । प्रदेश स्तरीय समितिमा स्काउटको ज्ञान नभएकालाई समितिमा राखेको, स्काउटलाई राजनीतिक भागवण्डा गर्ने थलोका रुपमा विकास गरेकोलगायतका आरोप असन्तुष्ट स्काउटरले लगाएका छन् ।