AArya
RUMPUM
animated ellipse animated ellipse

संविधान संशोधन भन्दापनि निर्वाचन आवश्यक –नेम्वाङ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० माघ २०७३, बिहीबार १९:४०
3
Shares
फाइल तस्वीर
विराटनगर, माघ २० /नेकपा एमालेका उपनेता तथा् पूर्व सभामुख सुवास नेम्वाङले संविधान संशोधन भन्दापनि निर्वाचन आवश्यक भएकाले अनावश्यक शर्त राखेर निर्वाचन प्रक्रियालाई कसैले रोक्न नमिल्ने वताए ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरागर्दै नेता नेम्वााङले मुुलुकलाई निकास दिन निर्वाचन वाहेक अर्को कुनै विकल्प नभएको वताए । नेता नेम्वााङले आगामी २०७४ साल माघ महिना भित्र तिनैतहको निर्वाचन गरिसक्नुपर्ने भएकाले अव कुनै विषयमा नअल्झि सरकारले मिति घोषणा गरेर निर्वाचन प्रक्रिया अगाडि वढाउनुपर्ने वताए ।
नेता नेम्वाङले संविधान कार्यान्वयन र मुलुकमा जारी गतिरोध अन्त्यगर्न पनि निर्वाचन आवश्यक रहेको वताए । उनले अहिले मुलुकले निर्वाचन चाहेको छ भन्दै निर्वाचनमा मुलुकलाई अगाडि वढाउन सवैदल मिलेर अघि वढनुपर्ने वताए । पाँच वर्ष आठ महिना लगाएर वनाएको संविधान कार्यान्वयन गर्न मुख्यदल जिम्मेवार भएको भन्दै उनले संविधान संशोधन प्रक्रियामा नअल्झन दलहरुलाई आग्रह समेत गरे ।
एक प्रश्नमा नेता नेम्वाङले स्थानिय पुर्न संरचना आयोगले प्रतिवेदन वुझाइ सकेकाले अव नयाँ संरचना अनुसार स्थानिय तहको निर्वाचन हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर