पूर्वाञ्चल खबर
विराटनगर १६ को दक्षिण गेटदेखि करिब १ सय मिटर दक्षिण भारतको जोगवनीको रेलवेय स्टेशन छेउमा २५ वर्षिय युवाको बिहीबार बिहान मृत अवस्थामा लाश भेटिएको हो ।
मृतकका युवा शव अहिलेसम्म सनाखत भइरहेको छैन । उनी लागूऔषध सेवनकर्ता रहेको खुलेको छ । मृतक युवा बुधबार जोगवनीमा लागूऔषध सेवन गर्न गएको बुझिएको छ । उनको नाम नखुलेपनि इटहरी घर भएको यहाँका स्थानिय बताउँछन् ।
मृतकका युवाको शरिरमा चोटपटक पनि लागेको छ । शरीरको पछाडी ढाडमा चोट लागेको कारण रगत बगेको छ । कुटपिट गरि हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । तराइबासी देखिने मृतक युवाको उचाइ ५ फिट ४ इन्च रहेको छ । उनको दुवै हातमा ट्याटु खोपेका छन् भने दाइने कानमा टप लगाएका छन् । मृतकको सनाखत भइ नसकेको इलका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए । घटनास्थल भारतीय क्षेत्रमा पर्ने भएकोले भारतीय प्रहरीले अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।