AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कानुन विपरीत दशै भत्ता लिनेलाई कार्वाही हुनुपर्छ : प्रमुख सचेतक कार्की

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ कार्तिक २०७७, बुधबार २०:०४
693
Shares
फाइल तस्वीर
विराटनगर / कुनै ऐन वा कानुनमै दशैं भत्ता लिने प्रावधान नभएकोले जनप्रतिनिधिलाई वितरण गर्ने र लिनेलाई समेत कार्वाही हुनुपर्ने नेपाली कांग्रेस संसदीय दल प्रदेश नम्बर १ ले अपिल गरेको छ ।

जनप्रतिनिधि जनउत्तरदायी हुनुपर्ने र जनभावनाको कदर गर्दै जनता संकट परेको बेला गम्भीरतासाथ व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कर्तव्य निर्वाह गर्न कांग्रेल आग्रह गरेको छ ।

प्रमुख विपक्षी कांग्रेसको संसदीय दलको प्रमुख सचेतक केदार कार्कीले आज प्रेस विज्ञप्ति प्रकाशित गर्दै दशैं भत्ता लिनेभन्दा पनि दिने निर्णय गर्नेहरु धेरै दोषी हुने जनाएका छन् । भत्ता सम्बन्धी कुनै ऐन वा कानुन नै नभएकोले कानुन विपरीत कार्य गर्नेलाई कार्वाही गर्न कार्कीले माग गरेका छन् ।
सङ्घीय सरकारले समृद्धिको अभियान भनेर दुई तिहाइको बलमा जनतामाथि क्रुर शासन गर्ने मनसाय लिएको भन्दै विज्ञप्तिमा “संविधानले दिएको मौलिक अधिकारमा स्वास्थ्य सेवा भएपनि कोरोना कहरका बेला उत्तरदायित्वबाट पन्छिने सरकारलाई सरकार भन्न सकिन्न र यो लोकतान्त्रिक शासन पद्धतिको नीति नियम पनि हैन” भनिएको छ ।

जनता माहामारीबाट अस्पताल र कतिपय उपचार नपाएर घरमै तड्पीरहेको बेला सरकारले मुकदर्शक भएर मात्र औषधी उपचार नगर्ने घोषणा गर्नु अनुचित कदमको पराकाष्ठा भएको प्रमुख सचेतक कार्कीले जनाएका छन् । “सरकार सांसदलाई दशैं खर्च दिएर सत्ता टिकाउन प्रयत्न गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीको उटपट्याङ संविधान विरोधी अभिव्यक्ति, भ्रष्टाचारमा लिप्त प्रवृत्तिको घृणा गर्दै प्रदेश सरकार सङ्घीय सरकारको प्रशासनिक इकाई हो भन्ने प्रधानमन्त्रीको टिप्पणी संविधान विपरीत भएको विज्ञप्तिमा जनाइएको छ । यस्तो अभिव्यक्ति प्रति प्रदेश सरकार चुप हुनु दास प्रवित्ति हो भन्ने कांग्रेसको ठहर रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर