AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सुरक्षति गर्भपतन परिवार नियोजनको साधन होइन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ कार्तिक २०७७, बुधबार १९:४७
333
Shares
विराटनगर /लाञ्छना रहित सुरक्षित गर्भपतनका लागि समाजमा जनचेतना जागृत गराउन सञ्चारकर्मीहरुको ठूलो भूमिका रहेको एक कार्यक्रममा वक्ताहरुले बताएका छन् ।

नेपाल परिबार नियोजन मोरङले आज विराटनगरमा आयोजित ‘लाञ्छना रहित सुरक्षित गर्भपन सम्वन्धी सञ्चारकर्मीहरुका लागि अभिमुखीकरण कार्यक्रममा उनीहरुले महिलाको आफ्नो शरीरमा पहिलो हक हुनाले सुरक्षित गर्भपतन मानवअधिकारको हक पनि रहेको बताएका हुन् ।

सामाजिक लाञ्छनाका कारण आत्महत्यामा वृद्धि हुने, उनीहरुमा आत्मविश्वाको कमी हुने, सामाजिक वहिष्कार हुने, वैवाहिक सम्वन्ध टुटने, तथा असुरक्षित गर्भपतन हुदां मातृमृत्यु दर वढने हुनाले यसलाई नियन्त्रण गर्न सञ्चारकर्मीहरुले आफ्नो क्षेत्रबाट जनतामा सुरक्षित गर्भपनका सम्वन्धमा जागृत गराउने भूमिका खेल्नु पर्नेमा जोड दिएको थियो ।

शाखा प्रमुख शंकर दाहालले लाञ्छना रहित सुरक्षित गर्भपतन सम्वन्धमा कार्यपत्र प्रस्तुत गरे भने केन्द्रीय सदस्य सुवाष निरौला र युवा संयोजक स्नेहा गुभाजुले सुरक्षित गर्भपतन वाध्यात्मक यरिस्थितिको उपज हो , यो परिबार नियोजनको साधन नरेको बताए ।

संघले सन् २०२० को पहिलो छ महिनाको अवधिमा ५१ हजार व्यक्तिलाई विभिन्न प्रकारका सेवा प्रवाह गरेको छ । कोरोना महामारी यस विषम परिस्थितिमा पनि संघले आफ्नो सेवालाई निरन्तर प्रवाह गरिरहेको छ भने ‘निशुल्क सेनेटरी प्याड ’वितरणका सम्वन्ध केन्द्रमा प्रस्ताव पठाएको प्रमुख दाहालले जानकारी दिए । संघले दक्ष चिकित्सक एवं स्वास्थ्यकर्मीहरुवाट १२ हप्तासम्मको सुरक्षित गर्भपतन न्यूनतम शुल्कमा गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर