AArya
RUMPUM
animated ellipse animated ellipse

९ लाख बढीको तस्करीको कपडा बरामद

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ कार्तिक २०७७, आईतवार १९:००
810
Shares
विराटनगर/ भारतदेखि तस्करी गरि नेपाल ल्याएको ९ लाख २२ हजार मुल्य बराबरको तस्करीको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बोडर आउट पोस्ट बखरीले शनिबार राती विराटनगर १६ दरैयाबस्तीबाट तस्करीको कपडा बरामद गरेको हो ।

सशस्त्र प्रहरीले शनिबार राती ७ लाख ८२ हजार ८ सय मुल्य बरावरको तस्करीको कपडा र शुक्रबार १ लाख ३९ हजार २ सय मुल्य बरावरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका एसपी तीर्थ पौडेलले जानकारी दिए । प्रहरीले कुर्ता, टुपिस र कुर्तीका कपडाहरू बरामद गरेकोछ । ‘भारतबाट कपडा तस्करी भएर आइरहेको छ भन्ने विशेष सूचनाका आधारमा परिचालित सशस्त्र प्रहरीको टोलीले कपडा बरामद गरेको हो,’ एसपी पौडेलले भने, ‘बरामद गरिएका सबै कपडा कारबाहीका लागि भन्सार कार्यालय विराटनगरमा बुझाइएको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर