AArya
RUMPUM
animated ellipse animated ellipse

आन्द्रा काटिएर बिरामीको मृत्यु भएको घटनालाई ढाकछोप गर्न नोबेल अस्पताले दियो मृतकका आफन्तलाई ३ लाख रूपैयाँ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ आश्विन २०७७, बिहीबार १९:३२
3.03k
Shares
विराटनगर /उपचारको क्रममा आन्द्रा काटिएर बिरामीको मृत्यु भएको घटना सामसुम पार्न विराटनगरस्थित नोबेल मेडिकल कलेजले मृतकका आफन्तलाई ३ लाख रूपैयाँ दिएर विवाद साम्य पारेको छ ।

विरामीको मृत्यु भएपछि दुई दिनदेखि आन्दोलनमा उत्रिएका मृतकका आफन्तलाई नोबेल अस्पताल प्रशासनले आज ३ लाख रूपैयाँ दिएर थामथुम बनाएको हो ।

मृतकका श्रीमान ओम भट्टराईले चिकित्सकले उपचारको क्रममा गम्भीर त्रुटि गरेका कारण बिरामीको मृत्यु भएको दाबी गरेका थिए । मंगलबारदेखि पीडित परिवार आन्दोलित थिए ।

पेटमा समस्या भएपछि आइतबार नोबेलमा शल्यक्रिया लागि भर्ना भएकी सोलुखुम्बु नोचासल्यान– ४ की ३५ वर्षीय तारादेवी भट्टराईको मंगलबार मृत्यु भएको थियो । अस्पताल र उपचारमा संलग्न चिकित्सकको लापर्बाहीले विरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त मंगलबारदेखि आन्दोलनमा उत्रिएका थिए ।

उपचारको क्रममा बुझाएका १ लाख रुपैयाँ फिर्ता गर्ने र थप २ लाख रुपैयाँ क्षतिपूर्ती दिने सहमति भएपछि विवाद मिलेको हो ।

विरामीको मृत्यु भएपछि मृतकका आफन्तले लापरबाही गर्ने चिकित्सकलाई कारबाही गरिनुपर्ने, ५ लाख रुपैयाँ क्षतिपूर्ती दिनुपर्ने र मृतकका छोराछोरीको अध्ययनमा लाग्ने सम्पूर्ण खर्च अस्पतालले बेहोर्नुपर्ने माग उनीहरुले राखेका थिए । ‘दुई दिनसम्म लगातार आन्दोलनमा उत्रिएपछि अस्पताल प्रशासनले पीडितका आफन्तलाई वार्तामा बोलाएको थियो,’ वार्तामा सहभागि मृतकका एक आफन्तले भने, ‘अस्पतालले लाग्ने सम्पूर्ण खर्च फिर्ता गरिदिने र दुई लाख क्षतिपूर्ति दिने भएपछि सहमति गरेका हौं ।’ अस्पतालले रकम दिएपछि मृतकका आफन्त शव बुझेर गएका छन् ।

अस्पतालकका प्रबन्धक नारायण दाहालले अस्पतालले क्षतिपूर्ती दिएको नभएर मृतकका परिवारको आर्थिक अवस्था नाजुक रहेकोले आर्थिक सहयाता मात्र प्रदान गरेको दावी गरे । ‘यसलाई क्षतिपूर्ती भन्न मिल्दैन,’ उनले भने, ‘हामीले उपचारमा लागेको खर्च मिनाहा गर्दै उपचारको क्रममा तिरेको पैसा मात्र फिर्ता गरिदिएका हौं ।’

मृतक महिलाका श्रीमान ओम भट्टराईका अनुसार पीसीआर जाँचपछि सोमबार पाठेघर शल्यक्रिया गर्ने भन्दै अस्पतालमा भर्ना गरिएकी उनको डा.शान्ति सुवेदीको टिमले शल्यक्रिया गरेको थियो । सोमबार विहान शल्यक्रियापछि श्रीमतीको अवस्था सामान्य रहेकोमा पुनः साँझ अर्को शल्यक्रिया गरिएपछि उनको अवस्था गम्भीर बनेको आफन्तको भनाइ छ ।

हतारमा रहेका चिकित्सकले अप्रेशन थिएटरमा शल्यक्रियाको क्रममा आन्द्रा काटिदिएकोले उनको मृत्यु भएको आफन्तको दावी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर