AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ आश्विन २०७७, आईतवार १२:२६
999
Shares
खोटाङ / श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ परेका छन् ।

खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–२ तालखर्कका आफ्नै ४४ बर्षीया श्रीमती ज्ञानकुमारी गिरीको हत्या गरी फरार रहेका ४० बर्षीय छत्रबहादुर गिरी शनिबार पक्राउ परेका हुन् ।

छत्रबहादुर आफ्नै श्रीमती ज्ञानकुमारी गिरीको शुक्रबार हत्या गरेका थिए । घरमा बसिरहेको अवस्थामा विहानी पख उनीहरु विच घरायसी विषयमा सामान्य बादविबाद हुँदा छत्रबहादुरले एक्कासी मसला पिस्ने लोहोरोले ज्ञानकुमारीलाई कन्चटमा प्रहार गर्दा उनी गम्भीर घाईते भएकी थिईन । घाईते ज्ञानकुमारीलाई थप उपचारको लागी गाडीमा काठमाण्डौ लैजादै उर्दा शुक्रबार दिउँसो सवा २ बजे बाटोमै ज्ञानकुमारी मृत्यु भएको थियो ।

श्रीमतीलाई लोहोरोले कन्चटमा प्रहार गरेर छत्रबहादुर भने फरार रहेका थिए । फरार रहेका उनलाई शनिबारे खोटाङमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । पक्राउ परेका छत्रबहादुर उपर कर्तब्य ज्यान अन्तरगत मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको खोटाङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर