खबर पूर्वाञ्चल
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका–९ का ६२ वर्षीय पुरुषको आज विहान ८ः३५ बजे मृत्यु भएको हो ।
मोरङको टंकिसिनुवरीस्थित विराट मेडिकल कलेजमा उपचाररत उनमा असोज १६ गते कोरोना पोजेटिभ देखिएको थियो । विराटले रेफर गरेपछि १७ गते उनलाई कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो ।
स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएका उनमा मधुमेहको पुरानै रोग रहेको उपचार केन्द्रका प्रमुख डा. दीपक सिग्देलले जानकारी दिए ।