पूर्वाञ्चल खबर
सप्तरीको राजविराज–३ घर भएका ६३ वर्षीय पुरुषको उपचारका क्रममा आजर बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार मृतकमा कुनै पनि दीर्घ रोग र स्वास्थ्यमा पुरानो समस्या देखिएको छैन ।
वृद्धमा ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या देखिएपछि उपचाररत रहेको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालबाट भदौ ८ गते थप उपचारका लागि प्रतिष्ठान रेफर गरिएको थियो । पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएका वृद्धको त्यही दिन रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको डा. सापकोटाको भनाइ छ ।
स्वास्थ्यमा समस्या थपिएपछि भेन्टिलेटरमा राखेर उपचार थालिए पनि वृद्धलाई बचाउन नसकिएको जानकारी उनले दिए । शवको व्यवस्थापन नियम अनुसार गर्ने तयारी भइरहेको सापकोटाले बताए ।