पूर्वाञ्चल खबर
सुनसरीको इटहरीमा भएको एक भेलाले रायमाझी सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन ।
तीन दशकदेखि निर्देशन क्षेत्रमा लागेका रायमाझी विराटनगरमा रहेर आदीवासी जनजाति चलचित्रको बढी निर्देशन गर्दै आएका छन् । समितिको उपाध्यषमा उपाध्यक्ष ज्ञानेन्द्र कोइराला (दमक), रविन श्रेष्ठ (धरानं) सचिव हरिन्द्रमान खत्री (पथरी) सह–सचिव विनोद पुडासैनी (विराटनगर) र कोषाध्यक्ष राजु चौधरी (मोरङ) का रहेका छन् ।
सदस्यहरूमा होमनारायण राजवंशी झापा, हुदुवा खवास मोरङ, मौसम इबुङ(हङ्गकगं), सुर्य चेम्जोङ पाँचथर र बिजय सुब्बा धरानका रहेका छन् । यस्तै समितिको सल्लाहकारहरूमा प्रेम सुब्बा, अरुणकुमार प्रधान, भीम लामा, पर्शुराम चौधरी, इन्द्र परियार,लाखमान योञ्जन रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष रायमाझीले चलचित्र कर्मिहरूको हकहितमा काम गर्दै चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनमा लाग्ने बताए ।