AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ आश्विन २०७७, बिहीबार १५:५२
324
Shares
विराटनगर / आगामी असोज २४ गते हुने निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचनको लागि मोरङमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

आज जिल्ला सरकारी वकिलको कार्यालय मोरङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । सो निर्वाचित अधिकृतको कार्यालयको उद्घाटन मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले गरे ।

कार्यालयको उद्घान गर्दै प्रमुख जिल्ला अधिकारी निरौलाले कोभिड १९ को बिच हुन लागेको निजामती कर्मचारीको निर्वाचन अनुकरणीय गर्न सुझाब दिए । उनले संघिय निजामति ऐन नआउँदा कर्मचारीहरूलाई समस्या परेको बताए । संघिय निजामति ऐन आएको भए प्रदेश र स्थानिय तहका कर्मचारीहरूलाई काम गर्न सहज हुने उनको भनाई थियो ।

कार्यक्रममा उच्च सरकारी वकिलको कार्यालयका सह–न्यायाधीवक्ता रामकुमार थापा, मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्का, निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन मोरङका कार्यभाग अध्यक्ष पशुराम मण्डल, नेपाल टे«ड युनियन मोरङका अध्यक्ष ओम सुवेदी, मोरङ अदालतका निमिक्त श्रेस्तेदार युवराज पौडेललगायतले बोले ।

ट्रेड युनियनको निर्वाचन सम्पन्न गराउन मोरङमा निर्वाचन अधिकृत जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधीवक्ता मनोजकुमार आचार्यलाई तोकिएको छ । मोरङमा करिब २ हजार भन्दा माथि मतदाता हुने बताइएको छ । टे«ड युनियनको निर्वाचनमा साविकको निजामति सेवा ऐन बमोजिम श्रेणी बिहीन देखि रा.प. तृतीय÷८ औ तह (कार्यालय प्रमुख बाहेक) संघ, प्रदेश र स्थानिय निकायमा कार्यरत कर्मचारीहरू मतदाता हुने प्रावाधान रहेको छ । आफुलाई दिएको जिम्मेवारी अनुसार सुरक्षा सावधानी अपनाएर सभ्य तरिकाले निर्वाचन सम्पन्न गर्न आफु लागि पर्ने निर्वाचन अधिकृत मनोज कुमार आचार्यले बताए ।

यसअघि २०७३ साल वैशाख १० गते आधिकारिक ट्रेड युनियनको निर्वाचन भएको थियो । अब हुन लागेको टे«ड युनियनको दोस्रो निर्वाचन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर