पूर्वाञ्चल खबर
सिन्धुपाल्चोकको पनि राम्चे केन्द्रविन्दु भएर भूकम्प जाँदा मुलुकका विभिन्न ठाउँमा आज बिहान ५ बजेर १९ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राम्चे आसपास केन्द्र भएर बिहान ५ बजेर १९ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प गएको पुष्टि गरे ।
गोरखा केन्द्र भएर २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गएको थियो । केन्द्रका प्रमुख अधिकारीका अनुसार आज बिहानै गएको भूकम्पसमेत त्यही शक्तिशाली भूकम्पको पराकम्प भएको अनुमान गरिएको छ ।
२०७२ को भूकम्पले गोरखा र सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति गरेको थियो । भूकम्पका कारण जमिन फाटेको सिन्धुपाल्चोकमा यो वर्ष मनसुन सुरु भएदेखि नै बाढीर पहिरोले ठूलो क्षति गरिरहेको छ । पहिरोका कारण कतिपय गाउँनै विस्थापित भएका छन्। धेरैले ज्यान गुमाएका छन् भने कैयौं विस्थापित बनेका छन् ।
आज गएको भुकम्पबाट भएको क्षतिबारे भने हालसम्म कुनै जानकारी प्राप्त भएको छैन ।