AArya
RUMPUM
animated ellipse animated ellipse

लर्डबुद्ध, ग्रिनल्याण्ड, शिक्षादिप एभरेष्ट, मेरील्याण्ड, अर्किड र कान्तिपुर विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ माघ २०७३, मंगलवार १७:५१
3
Shares
विराटनगर, माघ १७ /उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा आठौं हिसान स्पोर्टस् मिट अन्तरगत मंगलबार भएको छात्र भलिबलमा लर्डबुद्ध र ग्रिनल्याण्ड, छात्रा भलिबलमा लर्डबुद्ध र शिक्षादिप क्रिकेटमा कोबास र शिक्षादीप तथा फुटबलमा एभरेष्ट, मेरील्याण्ड, अर्किड र कान्तिपुर विजयी भएका छन् ।
मंगलबारको डिपिएसको खेल मैदानमा भएको छात्रा भलिबलको पहिलो खेलमा लर्डबुद्ध कलेजले कान्तिपुर कलेजलाई २–१ को सेटले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।
दोस्रो खेलमा शिक्षदिप कलेजले ग्रिनल्याण्ड कलेजलाई २–० सोझो सेटले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । त्यस्तै छात्र भलिबलको पहिलो खेलमा लर्डबुद्ध कलेजले अर्किड कलेजलाई २–० को सोझो सेटले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।
दोस्रो खेलमा ग्रिनल्याण्ड कलेजले कान्तिपुर कलेजलाई २–० को सोझोे सेटले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्यस्तै वैजनाथपुरको खेल मैदानमा भएको क्रिकेटको पहिलो खेलमा कोबास कलेजले एभरेष्ट कलेजलाई ५ विकेटले पराजित गरी क्वारफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको एभरेष्टले निर्धारित २० ओभरको खेलमा १९ दशमलव १ बलमा सवै विकेट गुमाई ८३ रनमा अलआउट भयो । जसमा पियूस अग्रबालले ३६ रनको योगदान दिएका थिए । कोबासका म्यान अफ म्याच आयूस भट्टराईले ४ ओभरमा १७ रन दिएर ५ विकेट लिए ।KP+
जवाफमा ८४ रनको विजय लक्ष्य पछ्याएको कोबासले १५ दशमलव ३ बलमा ५ विकेट गुमाई विजयी लक्ष्य पार गरेको थियो । जसमा कुनाल चौधरीले नटआउट ३२ रनको योगदान दिएका थिए । एभरेष्टका विशाल विष्ट र विप्लव दत्तले २–२ विकेट लिए ।
दोस्रो खेलमा शिक्षादीप कलेजले ग्रिनल्याण्ड कलेजलाई ३७ रनले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको छ । टस जितेर व्याटिङ गरेको शिक्षादीपले निर्धारित २० ओभरमा ५ विकेट गुमाइ १ सय ६३ रन जोडेको थियो । जसमा फिरोज अन्सारी ६७ रन र रितेश माझीले ६० रनको योगदान दिए । ग्रिनल्याण्डका अनिल यादवले २ विकेट लिएका थिए ।
जवाफमा १ सय ६४ रनको विजय लक्ष्य पछ्याएको ग्रिनल्याण्ड निर्धारित ओभरमा सबै विकेट गुमाई १ सय २६ रनमा सिमित भयो । जसमा निरज चौधरीले ४१ रनको योगदान दिएका थिए । शिक्षादीपका म्यान अफ द म्याच अमृत सिंहले ४ ओभरमा २२ रन दिएर ५ विकेट लिए ।
त्यसैगरी डिपिएसको खेल मैदानमा भएको फुटबलको पहिलो खेलमा एभरेष्ट कलेजले कोसी क्याम्पसलाई ४–० को गोल अन्तरले पराजित गरी प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । एभरेष्टका डाइ स्टार म्यान अफ द म्याच उत्सव निरौला, सुनिल खड्का, सनम गुरुङ र साहिल थापाले १–१ गोल गरेका थिए ।
दोस्रो खेलमा मेरिल्याण्ड कलेजले युरोकिड्स कलेजलाई ६–० को गोल अन्तरले पराजित गरी प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । मेरिल्याण्डका डाइ स्टार म्यान अफ द म्याच विजय पोखरेलले ह्याट्रिक सहित ३ गोल तथा सन्तोष मारिक, चन्दन मारिक र साजन राईले १–१ गोल गरेका थिए ।
तेस्रो खेलमा अर्किड कलेजले रेडस्टार कलेज पथरीलाई १–० को गोल अन्तरले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको छ । अर्किडका दिपेन कार्कीले निर्णायक गोल गरेका थिए । खेलको डाइ स्टार म्यान अफ द म्याच अर्किडका मनोज गुरुङ घोषित भए ।
चौथो खेलमा कान्तिपुर कलेजले अरनिको कलेजलाई १–० को गोल अन्तरले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको छ । कान्तिपुरका डाइ स्टार म्यान अफ द म्याच हेमकुमार राईले निर्णायक गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर