AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

खुकुलो प्रावधानसहित मोरङमा निषेधाज्ञा एक साता थपियो , बजार ७ बजेसम्म खुल्ला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ भाद्र २०७७, सोमबार १९:१४
2.03k
Shares
विराटनगर / जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरसहित खुकुलो प्रावधानसहित मोरङमा निषेधाज्ञा एक साताका लागि थप गरेको छ ।

सार्वजनिक सवारीका साधन सञ्चालन गर्न नपाउने गरि आज रातीदेखि लागू हुनेगरी जिल्लाभरि भदौ २८ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।
यसअघि ३ पटक थप हुँदै भदौ ५ गतेबाट जारी निषेधाज्ञा आज रातिबाट सकिने भएकोले थप ६ दिन त्यसको अबधि बढाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

निषेधाज्ञा थप भएको भनिएपनि सो अबधिमा सार्वजनिक यातायात, होटल, शैलुन, गुद्री, हाटबजार र सभा समारोहबाहेक सबै खुल्ला हुनेछ । यसअघि दैनिक ४ बजेसम्म खुल्ला गरिएको बजार अब ७ बजेसम्म खुल्ने भएको छ ।

सो अबधिमा राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा भने प्रतिबन्ध लगाएको प्रशासनले जनाएको छ ।

सिटी सवारी सञ्चालनमा भने जोर–विजोर नियम लागू गरिएको छ । दुई जना मात्र सवारी बोक्न पाउनेगरी सिटी सफारीमा जोर–विजोरको नियम लागू भएको हो ।

निषेधाज्ञा अवधिभर व्युटीपार्लर, सिनेमा हल, जिम खाना, सैलुन बन्द हुनेछन् । होटल तथा रेष्टुरेन्टमा ‘टेक अवे’ नियम तथा होम डेलिभरी गर्ने गरी सञ्चालन गर्न पाउने भएका छन् । भेला, महोत्सव, जात्रा जस्ता सामूहिक गतिबिधि, गर्न रोक लगाईएको छ । उद्योगहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न पाउनेछन् ।

कोरोना महामारी अझै नियन्त्रणमा नआएको र निषेधाज्ञाले दैनिक जनजीवन पनि कष्ठकर भइरहेकोले जीवनयापन सहज बनाउनेगरी निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर