पूर्वाञ्चल खबर
क्षारेरोग र स्वाश्वप्रश्वासमा समस्या भएपछि आज सवा ४ बजे कारागारबाट अस्पताल लगेको जिल्ला कारागार मोरङका जेलर सुवासकुमार लामिछानेले जानकारी दिए । अस्पतालका आइसोलेशनमा ल्याइपु¥याउँदा यादबलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।
विरामीलाई अस्पतालमा ल्याइपु¥याउँदा मृत्यु भइसकेको अस्पतालका सुपरिटेन्टडेन्ट डा. चुमनलाल दासले जानकारी दिए । अस्पतालको आइसुलेशनमा स्वास्थ्यकर्र्मीले विरामीलाई हेरेको हुनाले मृतकको स्वाब संकलन गरि परीक्षणको लागि प्रदेश जनस्वास्थ्य ल्याबमा पठाएको उनले जानकारी गराए । मृतकको रिपोट नेगेटिभ आए परिवारलाई जिम्मा दिने र पोजेटिभ आए नेपाली सेनाले शव व्यवस्थान गर्नेछ ।
यादब लागूऔषध मुद्दामा २०७६ चैत ११ गतेदेखि मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका थिए । २०७४ भदौ ६ गते मोरङ अदालतले यादवलाई लागूऔषध मुद्दामा २ वर्ष कैद सजाय फैसाला गरेको थियो । मोरङ कारागारमा आजसम्म ९ सय २० जना कैदीबन्दी रहेका छन् ।