AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

आइतबारदेखि विराटनगरमा लकडाउन कडाइ, अनावश्यक हिड्नेलाई कारवाही

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ श्रावण २०७७, शनिबार २१:३२
6.33k
Shares
विराटनगर / प्रदेश १ को राजधानी रहेको सहर विराटनगरमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि गरिएको लकडाउन प्रहरीले भोली आइतबारदेखि कडाइको साथ कार्यन्वयन गर्ने भएको छ ।

समुदाय स्तरमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रण गरिन विराटनगर भित्र महानगरपालिकाले गरेको लकडाउन कार्यन्वयन गराउन मोरङ प्रहरीले कडाइ गर्ने भएको हो ।

यस अघि पहिलो चरणमा विराटनगर भित्र लकडाउन गरिएको भएपनि आवतजावत सहज थियो । दिनप्रतिदिन विराटनगर क्षेत्रमा कोरोना भाइरस तिव्र फैलिएपछि महानगरपालिकाले दोस्रो पटक भदौ ५ गतेसम्म लकडाउन थपेको छ । सो लकडाउन प्रभावकारी कार्यन्वयन गराउन आइतबारदेखि अनावश्यक रूपमा हिडडुल र सवारी साधन कुदाउनेलाई प्रहरीले कारवाहीको दायरमा ल्याउने भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । ‘अनावश्यक रूपमा नहिडी कोरोना भाइरसबाट जोगिन घरमै सुरक्षा सावधानी अपनाएर बसिदिन आग्रह गर्दै प्रहरीले माइकिङ्ग पनि गर्दै आएको छ,’ डिएसपी राईले भने, ‘आइतबारदेखि कडाइको साथ लकडाउनको प्रभावकारी कार्यन्वयन हुनेछ । अनावश्यक रूपमा हिडनेलाई अहिलेसम्म सम्झाइ बुझाइ गर्दै आएका थियौ ।’ अतिआवश्यक काममा हिडेका बाहेक लखर–लखर हिडनेलाई प्रहरीले कारवाहीको दायरमा ल्याउने उनले बताए ।

विराटनगरमा आज दिउँसो मात्र ४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । हालसम्म संक्रमितको सख्या ४ सय ८२ पुगेको छ । कोरोनाको कारण मृत्यु हुने संख्या विराटनगरमा ६ पुगेको छ । जसमध्ये विराटनगर ९ का दुई, विराटनगर ३, ५, १० र १५ वडाका १÷१ जानको मृत्यु भइसकेको छ । कोरोनाको कारण मृत्यु हुने सबै पुरुष छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर