पूर्वाञ्चल खबर
जिल्लाको सिलिचुङ गाउँपालिकामा पहिरोमा पुरिएर बेपत्ता भएका ११ जनाको स्थानीय सुरक्षाकर्मीबाट खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । जिल्लामा गएको पहिरोमा परी १३८ घर विस्थापित भएको र सबैलाई पहिरोको जोखिम कम भएको क्षेत्रमा स्थानान्तरण गरिएको उनले बताए । लगातारको वर्षाको कारण बाढी र पहिरोको जोखिम भइरहेकाले तीनओटै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।
बाढी र पहिरोबाट धनजनको क्षति कम गर्न स्थानीय विपद् व्यवस्थापन समितिमार्फत काम भइरहेको उनको भनाइ थियो । प्रमुख जिल्ला अधिकारी आचार्यले पीडितहरुलाई राहत र पहिरो गएको ठाउँमा थप क्षति हुन नदिन तारजालीको व्यवस्थापन गरिएको बताए । अहिले बाढी र पहिरोबाट भएको क्षतिको विवरण संकलन गर्ने काम स्थानीय निकायमार्फत भइरहेको छ ।