खबर पूर्वाञ्चल
मोरङ बाहेक सुनसरीमा १२, झापामा ८, इलाममा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आज मोरङका ५ वटा स्थानीय तहमा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा ४ महिला ७ पुरुष, बुढीगंगामा ३ पुरुष १ महिला, लेटाङ र केराबारीमा २–२ पुरुष, उर्लाबारीमा १ पुरुष हेका छन् ।
सुनसरीको दुहवीमा ४ पुरुष, इटहरी ३ पुरुष १ महिला, धरानमा ३, इनरुवामा १ पुरुष र झापाको कचनकवलमा ३, दमक र गौरीगञ्जमा २–२, भद्रपुरमा १ पुरुष, इलामको सुर्योदयमा २ पुरुष र धनुषाका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
संक्रमितहरू विराटनगर ७ की २६ वर्षीया महिला, विराटनगर ८ की ३० वर्षीया महिला, विराटनगर ११ का ४१ वर्षीय पुरुष र ९ वर्षीय बालक, विराटनगर १२ का ३३ र ३२ वर्षीय पुरुष, विराटनगर १३ का ३२ वर्षीया महिला र विराटनगर १४ का पुरुष छन् । संक्रमितमध्ये ४१ वर्षीय पुरुष र ९ वर्षीय बालक बाबुछोरा हुन् ।योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या १५० पुगेको विराटनगर महानगरपालिकाले जनाएको छ ।