पूर्वाञ्चल खबर
विराटनगर–५ निवासी ७७ वर्षीय संक्रमित पुरुषको विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचाररतः अवस्थामा आज मृत्यु भएको अस्पतालका सिनियर फिजिसियन डा दीपक सिग्देलले जानकारी दिए । डा. सिग्देलका अनुसार उनी आजै विहान श्वासप्रश्वासमाको समस्या लिएर आएका थिए । उनमा कोरोनाको शंका लागेर स्वाब संकलन गरि आइसोलेशनमा राखेर उपचार थालिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको र परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको डा. सिग्देलले जानकारी दिए ।
कोशी अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको पहिलो केस हो । यसअघि मोरङको सुनवर्षीका एक पुरुषको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।
कोरोना संक्रमितको मृत्यु भएपछि परिवारको सहमतिमा नेपाली सेनाको टोलीले शव व्यवस्थापनको गर्ने डा.सिग्देलले जानकारी दिए ।