पूर्वाञ्चल खबर
इलाका प्रहरी कार्यालय लेटाङको प्रहरी टोलिले लेटाङ–८ का २८ वर्षीय मनोजकुमार मगरलाई लागुऔषधसहित नियन्त्रणमा लिइएको हो ।
प्रहरीले मगरलाई लेटाङ –८ जाँतेको मोरङे खोलाबाट लागुऔषध बोकेर जाँदै गरेको अवस्थामा उनले चलाएको टेम्बसहित पक्राउ गरिएको छ ।
मगरको साथबाट मगर चालक रहेको को २ ह ६१७४ नम्बरको टेम्पुसहित प्रहरीले ३ सय १६ थान ट्रामा र ३ सय ८८ थान डिकोलिक लागुऔषध बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिए । पक्राउ परेका मगरमाथि थप अनुसन्धान मोरङ प्रहरीले जनाएको छ ।