खबर पूर्वाञ्चल
स्कूलले यस क्षेत्रमै अग्रणी र नेतृत्वदायी भूमिका निर्वाह गर्दैै प्रविधिको अधिकतम उपयोग गर्दै अनलाईन कक्षालाई पूर्णरुपमा प्रभावकारी बनाउन सफल भएको हो । २०७७ साल बैशाख १५ गते देखिनै इन्टरनेटको प्रयोग गरी अनलाईन कक्षा प्रारम्भ गर्यो । विद्यालयको दृढ संकल्प, विद्यालय प्रशासन, शिक्षक–कर्मचारीको सकृयताले गर्दा हाल अधिकांश (औसत ७०र कक्षा ९ देखि १२ को हकमा ८०सम्म) विद्यार्थीहरुलाई अनलाईन कक्षामा संलग्न गराउन विद्यालय सफल भएको 
हाम्रो निरन्तर प्रयास र झण्डै निःशुल्क इन्टरनेटको उपलब्धताले गर्दा अहिलेको एक मात्र विकल्प अनलाइन कक्षामा शत्–प्रतिशत विद्यार्थीहरुको संलग्नता सुनिश्चित हुने विद्यालयका प्रिन्सिपल धीजनबाबु काफ्लेले बताए ।
विश्वभरमा ५ लाखभन्दा बढि प्रतिष्ठित शैक्षिक संस्थाहरुमा प्रयोग भई राखेको माइक्रोसफ्ट टिम्सको लाइसेन्स लिई कक्षा ४ देखि कक्षा १२ सम्मको अध्यापन र मोन्टेसरी स्तरमा (एलकेजीदेखि कक्षा ३ सम्म) जूम लाईव मिटिंग सफ्टवेयर प्रयोग गरी विशिष्टीकृत तवरले सञ्चालनभई राखको विद्यालयको अनलाईन कक्षाहरु कतिपय प्रसँगमा भौतिक कक्षाभन्दा पनि विद्यार्थीहरुकालागी सहज भएको विद्यालयका एकेडेमिक डाइरेक्टर राजेशकुमार दासले बताए ।
कक्षा ३ की छात्रा निर्विजा न्यौपानेले गीत–संगीत, भिडियो समेत प्रयोग गरी म्याडमहरुले रंगी–चँगीचित्रहरुको माध्यमले पढानु भएकोले अनलाईन कक्षा ज्यादै राम्रो र सहज भएको अनुभव सुनाइन् । कक्षा ८ का छात्र सम्राट न्यौपाने र छात्रा उत्कृष्टि शर्माले अनलाईन कक्षामा गणित र विज्ञान बिषयको पढाई अत्यन्त सजिव र बिषय वस्तु सिक्न तुलनात्मक रुपमा सहज भएको बताए । त्यसैगरी कक्षा ९ की छात्रा रेचल दास, कक्षा १० को छात्र उज्जवल राय र कक्षा १२ की छात्रा आयुशा निरौलाले गणित, विज्ञान, लेखाजस्ता बिषयका गुढ सिद्धान्तहरु कम्प्युटर एनिमेशन प्रयोग गरी पढ्न रोमाञ्चक भएको प्रतिक्रिया दिएका छन् । साथै, विद्यालयले प्रयोग गरेको सफ्टवेयरको माध्यमले होमवर्क गर्न, समय–समयमा परीक्षादिन र अन्तरक्रियात्मकविधिले शिक्षकहरुले समयानुकूल पृष्ठपोषण गर्न सहजभएको अनुभवविद्यार्थीहरुले सुनाए ।
कोभिड–१९ महामारीको प्रकोप रहे सम्म शिक्षाको वैकल्पिकविधिको रुपमाअनलाईन कक्षाहरु अझ परिष्कृत हुँदै यस शैक्षिक सत्रमा जारी रहने, तर, आगामीदिनमावातावरण सहजहँदै गएको खण्डमा स्वास्थ्य सुरक्षाको सबै मापदण्ड पुरा गर्दै अविलम्ब भौतिक रुपमानै विद्यालय सञ्चालन गर्न तयारी अवस्थामा बस्ने विद्यालयका प्रिन्सिपल काफ्लेले बताए ।
विगत २६ बर्षदेखि कक्षा १० सम्मशिक्षा प्रदान गर्ने क्रममा ख्याति प्राप्त गरेको विद्यालयले विगत २ बर्षदेखि कक्षा ११ र १२ को समेत कक्षा सञ्चालन गरेकोमा यस बर्षदेखि छुट्टै अत्याधुनिक तीन तले भवनमा फराकिलो सुविधा सम्पन्न कक्षा कोठा र प्रयोगशालाहरु निर्माण गरी उच्चकोटिको विश्वस्तरीय मापदण्ड अनुसार कक्षा ११ र १२ को रोजगार मूलक होटल म्यानेजमेण्ट र व्यवस्थापन बिषयमा कक्षाहरु सञ्चालन गर्ने पूर्ण तयारी स्कूलले गरेको छ । विद्यालयले हालसम्मकायम राखेको उच्च गुणस्तरको परिणामस्वरुप पूर्व प्राथमिकदेखि कक्षा ११ सम्म भर्ना हुन विद्यार्थी र अभिभावकको पहिलो रोजाईमो विद्यालय पर्न सफल भएको हो ।