पूर्वाञ्चल खबर


अस्पतालको ओपिडि इन्चार्जसहित एक कार्यालय सहयोगमा बुधबार राति कोरोना पुष्टि भएपछि अस्पतालले सूचना जारी गर्दै सेवा बन्दको जानकारी दिएको हो ।
स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि संक्रमण नफैलियोस् भनेर ओपीडी सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । धेरै विरामीको चाप हुने अस्पतालका स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि तनाब देखिएको छ ।
यसअघि अस्पतालका एक नर्स र डाक्टरमा कोरोना देखिएको थियो । विराट नर्सिङ होममा पनि कार्यरत नर्समा कोरोना देखिएको थियो भने गत शनिबार सप्तरी घर भएका कोशी अस्पतालका एक जना चिकित्सकलाई कोरोना पुष्टि भएको थियो । ती चिकित्सकको कन्ट्याक टे«सिङ गर्दा ओपिडी इञ्चार्ज र कार्यालय सहायकको सम्र्पकमा रहेकोे देखिएपछि स्वाब संकलन गरिएको थियो ।
पछिल्लो समय अस्पतालमा दैनिक ६ सय बढि विरामी आउने गरेका थिए । अन्य अस्पतालले कोरोनाको बहानमा उपचार बन्द गरेको अवस्थामा पनि कोशीले आफ्नो सेवा सुचारु गरेको थियो । ओपीडी सेवा बन्द भएपनि आकस्मिक सेवा फिभर क्लिनिक भने बन्द गरिएको छैन ।
अस्पतालले गेट बन्द गरेर गेटमै ओपीडी सेवा बन्द भएको सूचना टाँसेको छ । अत्यावश्यक विरामीलाई पनि गेटबाट छिर्न दिइएको छ ।