पूर्वाञ्चल खबर
गएको वर्षमा समग्रमा ५६ दशमलव ७४ प्रतिशत मात्र रोपाई भएको थियो भने यसवर्षको लगातार मनसुनको प्रभाव, सिँचाईको सुविधा जस्ता कारणले रोपाईको क्षेत्र निकै बढेको निर्देशनालयका निमित्त निर्देशक प्रकाश डाँगीले जानकारी दिए।
निर्देशनालयबाट प्राप्त जानकारी अनुसार उच्च पहाडी क्षेत्र ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा २४ हजार ११३ हेक्टर धान लगाउने जमिनमा १९ हजार १८७ हेक्टर जग्गामा अर्थात ८० प्रतिशत रोपाई भएको छ ।
यस्तै, उच्च पहाडी क्षेत्र पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुट्टा, उदयपुर, ओखलढुङ्गा र खोटाङ गरी ९० हजार ९१६ हेक्टर जमिनमा ६८ हजार ४७८ अर्थात ७५ प्रतिशत र मध्य पहाडी क्षेत्र झापा, मोरङ र सुनसरी गरी दुई लाख २५ हजार ८०० हेक्टर जमिनमा एक लाख ९३ हजार ५५५ हेक्टर जग्गामा अर्थात ८६ प्रतिशत धान रोपाँई भइसेकेको कार्यालयले जनाएको छ ।
मौसमको अनुकुलताले विगत केही वर्षको तुलनामा यसवर्ष धान लगाउन किसानले पानीको समस्या झेल्नु परेको छैन भने यसको क्षेत्र अझ बढ्ने निमित्त प्रमुख डाँगीले बताए।