खबर पूर्वाञ्चल
प्रहरीले मोरङ रंगेली नगरपालिका ३ का २७ वर्षिय ट्याक्टर चालक मेघनाथ मण्डल र विराटनगर ६ रामपुरका २० वर्षिय सह–चालक ओमप्रकाश कुमार यादवलाई अवैध काठसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी लोक दर्शन थापाले जानकारी दिए ।
मोरङ कटहरी गाउँपालिका ४ राम चौकमा को २ त ३२४८ नम्बरको ट्रयाक्टरमा लोड गरी अवैध काठको गोलिया चोरी गरी विराटनगरतर्फ ल्याउँदै गरेको अवस्थामा सिआरबी कटहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीले बरामद गरेको काठ र ट्रयाक्टरसहित चालक र सहचालकलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय विराटनगरमा बुझाएको मोरङ प्रहरीले जनाएको छ ।