पूर्वाञ्चल खबर
आज भएको मतगणना अनुसार उनले प्रदेशसभाको ५२ र स्थानीय तहको १२२ जनप्रतिनिधिको मत पाइन् । अन्तिम मत परिमाण अनुसार गठबन्धनकी राईले ४ हजार ६ सय ९२ मतभार पाएकी छिन् । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीले प्रदेशसभाका ३८ र स्थानीय तहका १४१ जनप्रतिनिधिको मत पाइन् । उनको मतभार ४ हजार ३ सय ६२ पुगेको छ ।
निर्वाचन आयोगले राई निर्वाचित भएको आधिकारिक घोषणा भने गरेको छैन ।