RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा आज थपिएका ६ जना कोरोना संक्रमित मध्ये ४ जना एकै परिवारका

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ असार २०७७, मंगलवार १८:१७
3
Shares
विराटनगर / विराटनगरमा आज थपिएका ६ कोरोना संक्रमित मध्ये ४ जना एकै परिवारका रहेको पाइएको छ । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या २५ पुगेको छ ।

विराटनगर महानगरपालीका वडा नं. १५ का एकै परिवारका ४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये ७, ९ र १२ वर्षिय बालक र ३२ वर्षिय महिला रहेको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । संक्रमित महिला आमा र बालक छोरा रहेको कार्कीले बताए । उनीहरु सवै विराटनगर महानगरपालीका अन्तरगत रहेको क्वारेन्टिनमा रहेको कार्कीले बताए ।

उनीहरु असार १६ गते भारतबाट विराटनगर आएका हुन् । उनीहरुसँगै आएका महिलाका श्रीमानको कोरोना जाँच रिपोर्ट भने नेगेटिभ आएको छ । सँगै आएका एकजनाको रिपोर्ट नेगेटिभ आएपछि पून जाँचका लागि पठाइएको प्रमुख कार्की जानकारी दिए । उनका अनुसार आजै संक्रमण पुष्टि भएका अन्य २ मध्ये एकजना विराटनगर– ६ र अर्का एकजना विराटनगर १७ का रहेका छन् ।

विराटनगर ६ की ४० वर्षिय महिला भारतबाट आएर क्वारेन्टिनमा बसेकी हुन भने विराटनगर १७ का २९ वर्षिय पुरुष ८ दिन अघि कतारबाट आएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर