पूर्वाञ्चल खबर
मदर्सा अजमा मुस्तिमाका मौलाना समेत रहेका मियाँले पढ्न गएको समयमा १३ र १४ वर्षीय बालिकालाई ढोका थुनेर यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । उनी दुई दिन अगाडी शनिबार मोरङ प्रहरीको सम्पर्कमा आएका हुन् ।
पक्राउ परेका मोलवी अमिरुद्धिनलाई जिल्ला अदालत मोरङमा प्रहरीले आइतबार बालयौन दुव्र्यवहार मुद्दामा सात दिनको म्याद थप गरेको हो ।
मोलवी अमिरुद्धिनले गत माघ ७ गते र माघ ८ गते गरि मदरसामा अध्ययनरत कक्षा ५ र ६ का दुईजना छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो ।
छात्राहरूले मोलबी विरुद्ध मोरङ प्रहरीमा जाहेरी दर्ता गराएपछि फरार भएका थिए । प्रहरीले अदालतमा अमिरुदिन विरुद्ध बाल यौन दुव्र्यवहार मुद्दामा म्यात थप गरि अनुसन्धान प्रक्रिया अगाडी बढाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।
मदरसामा अध्ययन गर्ने क्रममा गृहकार्य सुनाउन कोठामा जाँदा मोलवी अमिरुद्धिनले भित्रबाट कोठाको चुकुल लगाएर यौन दुव्र्यवहार गरेको पीडित छात्राले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । माघ ८ गते बुधबार, यौन दुव्र्यवहार भएपछि पीडित छात्रा भोलीपल्ट मदरसा जान मानेकी थिइनन् । उनकी आमाले मदरसा जानै पर्ने जोड गरेपछि पीडित बालिकाले आफ्नी आमालाई मोलवीले गरेको दुव्र्यवहारको बिषयमा जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो ।
मोलवी अमिरुद्धिले यसअघि गएको माघ ७ गते समेत आफ्नै मदरसामा अध्ययनरत अर्की एक १४ बर्षिय छात्रालाई समेत यौन दुव्र्यवहार गरेको आरोप छ । दैनिक ६ बजेदेखि ८ बजेसम्म चल्ने मदरसामा माघ ७ गते मंगलबार अध्ययन गर्न गएकी अर्की छात्रालाई समेत अमिरुद्धिनले सुन्तला खान दिने प्रलोभन दिएर कार्यालय कोठामा लगेर दुव्र्यवहार गरेको आरोप छ । २०६४ सालदेखि सो मदर्सामा अध्यापन गराउदै आएका मोलवी अमिरुद्धिनले छात्राहरुलाई यसअघिपनि पटकपटक यौन दुव्र्यवहार गर्दै आएको स्थानियको भनाई छ ।