खबर पूर्वाञ्चल
कोशी अस्पताल विराटनगर प्रयोगशालामा जाँच गर्दा मोरङको सुनवर्सी नगरपालिकाका १ महिलासहित १७ जनामा कोरोना संक्रमण थपिएको हो । मोरङबाहेक झापामा २, सुनसरीमा १, उदयपुरमा ६ जना र इलाममा १ जना कोरोना संक्रमित थपिएसँगै प्रदेश १ मा संक्रमितको संख्या ५६० पुगेको छ भने ३ ७७ जनाले कोरोनालाइृ जितेर घर पर्किएका छन् ।
उनीहरू गान्धी आश्रम क्वारेन्टाइनमा बसिरहेका थिए । १७ जना थपिएसँगै मोरङमा कोरोना संक्रमितको संख्या १५२ पुगेको छ ।
झापाको हल्ःदीबारीमा २ महिला, उदयपुरको कटारीमा ३ महिलासहित ५ जना र त्रियुगामा १ जना पुरूष, इलामको माइ नगरपालिकामा १ पुरूष र सुनसरीको इनरूवामा एक पुरूषमा कोरोना पोजेटिभ देखिएको हो ।